काठमाडौँ । चितवनमा नेपाली सेनाले शंकास्पद वस्तु निष्क्रिय पारेको छ ।
बुधबार जिल्लाको कालिका नगरपालिका-३, थाङखोला स्थित चतुरमुखी मन्दिर परिसरमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको सेनाले जनाएको छ ।