भोजपुर । आमचोक गाउँपालिका-१० स्थित बाघतांग जंगलबाट भरुवा बन्दुक एक नाल र सोही बन्दुकको सात राउण्ड गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१० खम्ब्याङ बस्ने ३० वर्षीय बुद्धचन्द्र राई र २५ वर्षीय सुदिप राई रहेका छन् । इलाका प्रहरी कार्यालय बालंखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक र गोलीसहित हिजो मंगलबार दिउँसो पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारबाही तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।