काठमाडौँ । प्राविधिक समूहका प्रहरी उपरीक्षक (एसपी) लालबाबु गिरीलाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृह मन्त्रालयअन्तर्गतको बढुवा सिफारिस समितिले प्रहरी नियमावली २०७१ को उपनियम २७ को उपनियम(४)को प्रावधान अनुसार गिरीको नाम सिफारिस गरेको हो।
गिरी हाल नेपाल प्रहरी अस्पताल नर्सिङ विभाग, महाराजगन्ज, काठमाडौँमा कार्यरत छन्।








