२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यक्तिगत स्वार्थ पूरा गर्न तल्ला तहमा बनाइएका साना समूहको अन्त्य गर्नुपर्ने एमालेको निष्कर्ष

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले पार्टीभित्र तल्लो तहसम्म गुट फैलिएको विषयमा समीक्षा गरेको छ । जारी केन्द्रीय कमिटीको बैठकमा बोल्ने नेताहरुले गुटबन्दी अन्त्य गर्नुपर्ने विषयमा जोड दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनले भने, ‘पार्टीभित्र आफ्नो स्वार्थ पूरा गर्न विभिन्न समूह बनाएर आगामी अधिवेशनमा वडा, पालिका, प्रदेश, संघमा उठ्ने तयारी गर्न ससाना समूह बनाइएको आभाष भएको छ, तर विचारधारात्मक र संगठनात्मक रूपमा पार्टीमा कुनै गुट छैन । पार्टीलाई एक ढिक्का बनाएर अगाडि लानुपर्छ । त्यसका निम्ति पार्टीको वैचारिक दिशाबाट अगाडि बढाउनुपर्छ ।

नेता गौतमले पार्टी स्कुलिङलाई लगातार सञ्चालन गर्नुपर्छ भन्ने विषयमा नेताहरुले जोड दिएको बताए ।

उनले थपे, ‘पार्टीलाई सबल बनाउँदै जनतासँगको सम्बन्ध सुदृढ बनाउन वडा केन्द्रित सांगठनिक प्रस्ताव छ, त्यसलाई कार्यान्वयन गर्ने कुरामा हामीले भूमिका खेलेका छौँ । कार्यान्वयन गर्ने कुरामा नीतिगत रूपमा जिल्ला र प्रदेश इन्चार्जलाई निर्देशित गर्ने, जिम्मेवारी गाउँमा लिने शहरमा बस्ने त्यसको अनुगमन गर्नुपर्छ । त्यसरी पार्टी चल्दैन ।’

नेताहरूको कारबाहीबारे सचिवालयभन्दा केन्द्रीय कमिटीमा एकमत भएको उनले दाबी गरे ।

उनले भीम रावलसहित तीन नेताको कारबाहीबारे भने, ‘कसैले फरक मत राख्नुभएको छैन । कारबाहीको पुनर्विचार गर्न उहाँहरूको गतिविधिमा भर पर्छ । उहाँ कोकोसँग मिलेर केके गर्दै हुनुहुन्छ, पार्टीमा जानकारी भइरहन्छ ।’

उनले जनवादी तरिकाले बैठकमा नेताहरूलाई लागेको कुरा बोल्न कुनै बन्देज नलगाइएको दाबी गरे ।