२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली इन्स्पेक्टर पक्राउ

अ+ अ-

काठमाडौँ।  प्रहरीको नक्कली इन्स्पेक्टर बनी ठगी कार्यमा संलग्न एक जना व्यक्ति पक्राउ परेका छन् । प्रहरी पोसाकको समेत दुरुपयोग गर्दै नक्कली इन्स्पेक्टर बनेर ठगी गरेको आरोपमा सुदीप थापा नाम गरेका व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको हो ।

काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका-७ थापाचोकका ३८ वर्षीय थापालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीसँगै कोटेश्वरमा रहेको मार्शल प्रिन्टिङ प्रेसका सञ्चालक ४४ वर्षीय किशोरकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

थापाले इन्स्पेक्टरको नक्कली परिचयपत्र देखाउने, प्रहरी पोसाक समेत देखाउने र उच्च पदस्थ व्यक्तिसँग खिचिएका तस्बिर समेत देखाएर ठगी गर्ने गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

चौधरी भने नक्कली परिचयपत्र बनाएको आरोपमा पक्राउ परेका हुन् । थापाले क्यानडा, अस्ट्रेलियालगायत देशमा पठाउने भन्दै ठगी गरेको आरोप छ ।