काठमाडौँ। कार्यकाल सकिएर जाँदाजाँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना निकटहरूलाई आम माफी दिएका छन् ।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहणको अगाडि बाइडेनले आफू निकट सरकारी अधिकारीहरूलाई आम माफी दिएका हुन् ।
कोभिड १९ कालको अमेरिकाको स्वास्थ्य क्षेत्रका नेतृत्व डाक्टर एन्थोनी फाउसी, प्रधान सेनापति मार्क मिले र ट्रम्प बिदा हुँदा भएको क्यापिटोल हिलको जनवरी ६ मा भएको दंगाको छानबिन गर्ने संसदहरुलाई बाइडेनले आममाफी दिएका हुन् ।
बेलायती विश्व च्यानल बीबीसीका अनुसार बाइडेनले पूर्ण माफी दिएका हुन् । अब माफी पाएकाहरूलाई कुनै कसुरमा कारबाही हुनेछैन । राष्ट्रसेवक कर्मचारीहरूप्रति अनुग्रहित हुनुपर्ने भन्दै बाइडेनले माफी दिएको बीबीसीले उल्लेख गरेको छ ।







