९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाषा, संस्कृतिको संरक्षणमा प्रदेश सरकारले जोड दिएको छ: मुख्यमन्त्री लामा

अ+ अ-

ललितपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले भाषा, संस्कृतिको संरक्षणमा प्रदेश सरकारले जोड दिएको बताएका छन् ।

नेपाल भाषा मंकाः खलः यलद्वारा आज आयोजित वार्षिक साधारण सभा एवं सत्यमोहन जोशी नेपाल भाषा साहित्य पुरस्कार वितरण समारोहमा मुख्यमन्त्री लामाले भाषा र संस्कृति समाजको पुँजी भएकाले यसको संरक्षणलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताए ।

“नेपालको मातृभाषा, संस्कृति संरक्षणका लागि संविधानले धेरै विषय सुनिश्चितता गरेको छ, जातजाति र जनजातिका लागि अवसर सृजना गरेको छ”, उनले भने, “बागमती प्रदेशले पनि भाषा ऐन निर्माण गरी जनजातिको पक्षमा काम गरिरहेको छ ।” उनले कानुन निर्माण भए पनि नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा क्रममा जटिलता सृजना भए पनि शुक्रबार मात्रै मन्त्रिपरिषद्को बैठकले सहजीकरण गर्न व्यवस्था गरेको उल्लेख गरे ।

मुख्यमन्त्री लामाले सत्यमोहन जोशी नेपाल भाषा साहित्य पुरस्कार भाषा र संस्कृति जोगाउने काम गर्नेका लागि सम्मान भएको बताए । “नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनका लागि जोड दिइनेछ, मातृभाषाको अस्पष्टता कारणले गर्दा विगतमा धेरैका नामहरू बिग्रिएको अवस्था थियो, अब त्यो समस्या समाधान हुन्छ, सरकारी कामकाजमा निर्धक्कका साथ नेपाल भाषा र तामाङ भाषालाई प्रयोग गर्न सकिन्छ, भाषा सिकाउन आवश्यक बजेट विनियोजन गरिएको छ,” उनले भने । त्यस अवसरमा भाषा साहित्यको क्षेत्रमा निरन्तर योगदान गर्दै आएका भाषा सेवी तिलकप्रसाद कायस्थलाई रु. ५१ हजारसहित सत्यमोहन जोशी नेपाल भाषा साहित्य पुरस्कार प्रदान गरिएको थियो ।

त्यस अवसरमा बागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले नेपालको भाषा आन्दोलनमा मंकाः खलःको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले भाषिक आन्दोलनले भाषा, संस्कृतिको संरक्षणका लागि मात्रै नभई राजनीतिक परिवर्तनका लागिसमेत सहयोग पुर्‍याएको बताए ।

चित्रकारले सत्यमोहन जोशी, पद्मरत्न तुलाधरलगायतको योगदानले नेपालको भाषिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै भाषिक आन्दोलन पहिचानको आन्दोलन हो भने । उनले भाषा नरहे जाति रहँदैन भन्दै नेपाल भाषा मंकाः खलःलाई बागमती प्रदेश सरकारका लागि नेपाल भाषाको स्रोत केन्द्रका रूपमा सहयोग पुर्‍याउन सक्ने गरी नेपाल भाषा मंकाः खलःलाई विकास गरिनुपर्छ भने ।

प्रतिक्रिया दिनुहोस