९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निष्पक्ष सेवा र सुशासनको आधार निर्माण गर्न निजामती कर्मचारीलाई प्रधानमन्त्री ओलीको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीहरूलाई निष्पक्ष, प्रभावकारी र जनमैत्री सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। नेपाल निजामती कर्मचारी सङ्गठनको १२ औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सेवाग्राही जनताको मर्का बुझी मुस्कानका साथ छिटो सेवा दिनुपर्नेमा जोड दिए।

“तपाईँहरू सरकारी कर्मचारीका रूपमा कुनै पनि राजनीतिक पूर्वाग्रह बिना निष्पक्ष सेवा दिनुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “चुनावमा मत दिन पाउने अधिकार छ, तर कर्मचारीका रूपमा आफ्नो मर्यादा कायम राखी सेवाग्राहीलाई कुनै दुःख नदिई सेवा प्रदान गर्नुपर्छ। अहिले सबैका आवाज सुन्ने सरकार भएकाले अनावश्यक आन्दोलनको आवश्यकता छैन।”

प्रधानमन्त्री ओलीले समयमै गुणस्तरीय सेवा दिनुपर्नेमा कर्मचारीहरूलाई सचेत गराउँदै भ्रष्टाचार र अनियमितता विरुद्ध दृढ अडान लिन आग्रह गरे। “निजामती सङ्गठनका कुनै पनि व्यक्ति भ्रष्टाचारमा मुछिनु हुँदैन। सेवाग्राहीले सहज र पारदर्शी सेवा पाएको अनुभूति गर्नुपर्छ,” उनले भने।

स्थिर सरकार र सत्तासमीकरणबारे प्रधानमन्त्रीको स्पष्टता
प्रधानमन्त्री ओलीले विगतमा आफ्नै दलभित्रको असहयोगका कारण आफू सरकारबाट बाहिरिनु परे पनि जनताको समर्थनबाट पुनः नेतृत्वमा आएको स्मरण गराए। उनले सत्ताको स्थायित्वबारे प्रस्ट पार्दै आगामी निर्वाचनसम्म वर्तमान सत्ता समीकरण यथावत् रहने बताए।

“कसैले सरकार आजै ढल्छ, भोलि ढल्छ भनेर हल्ला फैलाए पनि हाम्रो सरकार सुशासन, विकास र समृद्धिको बाटोमा दृढतापूर्वक अघि बढ्नेछ,” उनले भने। साथै, २०८३ साल असारमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सहमति अनुसार आफूले राजीनामा दिने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई अस्थिर बनाउने तत्वहरूविरुद्ध सचेत रहन आह्वान गर्दै संविधान र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न कर्मचारीहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गरे। साथै, राजनीतिक दलसम्बन्धी कानुनी रिक्तता हटाउन संघीय संसद्मा विधेयक ल्याइने जानकारी दिए।

प्रधानमन्त्रीको सन्देश: निष्पक्ष सेवा, भ्रष्टाचारमुक्त प्रशासन र समृद्ध राष्ट्र
प्रधानमन्त्री ओलीले निजामती कर्मचारीलाई कर्तव्यनिष्ठ भएर सुशासनको आधार निर्माण गर्न आह्वान गर्दै नागरिकलाई सरल, प्रभावकारी र उत्तरदायी सेवा प्रदान गर्नुपर्नेमा जोड दिए। “समयमै सेवा दिने कुरामा कोही चुकेमा त्यो क्षम्य हुँदैन। प्रशासनिक प्रणालीलाई अझ परिस्कृत बनाउन सबै कर्मचारी प्रतिबद्ध हुनुपर्छ,” उनले भने।

निजामती सेवाको सुदृढीकरण, राजनीतिक हस्तक्षेपमुक्त प्रशासन र प्रभावकारी सेवा प्रवाहमार्फत समृद्ध नेपालको लक्ष्य हासिल गर्ने प्रधानमन्त्री ओलीको सन्देश स्पष्ट देखिएको छ।

प्रतिक्रिया दिनुहोस