काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएका फैसला चित्त नबुझेका मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।
विशेष अदालतले विभिन्न मितिमा गरेको फैसला चित्त नबुझेपछि शुक्रबार आयोगले सर्वोच्चमा मुद्दा पुनरावेदन दिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।










