७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडाध्यक्ष-कर्मचारी हातपात विवाद: अनिश्चितकालका लागि रोहिणी गाउँपालिकामा कामकाज ठप्प

अ+ अ-

काठमाडौँ । रुपन्देहीको रोहिणी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच भएको विवादका कारण पालिकाबाट प्रवाह गरिने सेवा सुविधा तथा प्रशासनिक कामकाज अनिश्चितकालका लागि ठप्प भएको छ ।  

सोमबार गाउँ कार्यपालिका बैठकमा शाखा अधिकृत, अधिकृत स्तर आठौँ तह शिक्षा शाखामा कार्यरत मधुप्रसाद घिमिरे र वडा नं २ का वडाध्यक्ष करम हुसेन खानबीच भएको विवादका कारण पालिकाबाट प्रवाह गरिने सेवा सुविधा ठप्प भएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले जानकारी दिए । 

गाउँपालिकाको कार्यपालिका बैठकमा छलफलको क्रममा आफ्ना विचार प्रस्तुत गर्ने क्रममा गाउँपालिकाको शाखा अधिकृत घिमिरेले आफ्ना विचारहरू प्रस्तुत गर्ने क्रममा बिना कारण वडा अध्यक्ष खानले भौतिक रूपमा आक्रमण गरी गालीगलौज, अपशब्द र अभद्र व्यवहार गरेको हुँदा पालिकाबाट सेवा प्रवाह हुने सबै सेवा ठप्प गरिएको यादवले बताए । 

उनका अनुसार समग्र कर्मचारी वर्गकै मनोबल गिर्ने गरी कानुन विपरीत कार्यालय परिसरमै आक्रमण गर्ने वडा अध्यक्ष खानलाई आवश्यक कारवाहीको माग गरिएको छ ।

सम्बन्धित समाचार  : वडाध्यक्षले शिक्षा प्रमुखमाथि हातपात परेपछि आन्दोलनमा उत्रिए कर्मचारी
सम्बन्धित समाचार  : शाखा प्रमुखमाथि वडाध्यक्षको आक्रमण : दोषीलाई कारबाही नभएसम्म पालिकाको सेवा बन्द
सम्बन्धित समाचार : रुपन्देहीमा कर्मचारीमाथि हातपात गर्ने वडा अध्यक्षलाई कारवाही गर्न कर्मचारी युनियनको माग

सम्बन्धित समाचार : कर्मचारीमाथि भएको कुटपिटको विरोधमा राप्तीका सबै वडासचिवले गरे पेन डाउन
सम्बन्धित समाचार : राष्ट्रसेवक कर्मचारीमाथि बढ्दो दुर्व्यवहारप्रति सांसदहरूको आपत्ति

वडाध्यक्षले आफू बोल्ने क्रममा आक्रमणमा उत्रिएको तर आफूलाई धेरै चोट भने नलागेको शिक्षा शाखा प्रमुख घिमिरेले बताए । उनले वडाध्यक्ष खानले विगतमा पनि आफूलाई कार्यालय नआउन भनी धम्की दिँदै दिने गरेको पनि जानकारी दिए । 

पालिकामा घटनाको विरोध र वडाध्यक्षमाथि कारबाही नभएसम्म कर्मचारीहरूले अत्यावश्यक बाहेकका कामकाज ठप्प पारेको र यसमा कर्मचारी संगठनहरूले ऐक्यबद्धता जनाएको घिमिरेले बताए । 

प्रतिक्रिया दिनुहोस