८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् व्यवस्थापनका लागि नेपाली सेनाको ‘अभ्यास हातेमालो’ को सातौँ संस्करण सुरु

अ+ अ-

काठमाडौँ । विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाली सेनाको अगुवाइमा ‘अभ्यास हातेमालो’ को सातौँ संस्करण सुरु भएको छ। तीन दिने केन्द्रीय स्तरीय एकीकृत अभ्यासको उद्घाटन आज जङ्गी अड्डामा सम्पन्न भएको हो।

विपद् व्यवस्थापनसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरूको सहभागितामा सञ्चालन भइरहेको यो अभ्यास पहिलो पटक २०७५ सालदेखि वार्षिक रूपमा आयोजना हुँदै आएको छ। यस अभ्यासको मुख्य उद्देश्य विपद् व्यवस्थापनका क्षेत्रमा भई रहेका गतिविधिहरूको समीक्षा, प्रतिकार्य क्षमताको अभिवृद्धि, तथा सरोकारवाला निकायहरूबिच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनु रहेको छ।

अभ्यासको उद्घाटन युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी प्रेम ध्वज अधिकारीले गरेका हुन्। उद्घाटन समारोहमा रथी वृन्द, विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधिहरू, रेडक्रस तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारीहरूको उपस्थिति थियो।

विपद् व्यवस्थापनको प्रभावकारिता बढाउन यो अभ्यास महत्त्वपूर्ण मानिन्छ, जसले विपद् न्यूनीकरण, प्रतिकार्य र पुनर्स्थापनाका रणनीतिहरूलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस