१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउन पार्टी र सरकार प्रतिबद्ध : नेकपा एमाले

अ+ अ-

काठमाडौँ। नेकपा एमालेले आफ्नो पार्टी र सरकार वर्तमान नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतिबद्ध रहेको जनाएको छ ।

कुनै विषय भए कूटनीतिक माध्यमबाट समाधान गरिने र बलियो विकास साझेदारी अगाडि बढाइने एमाले महासचिव शंकर पोखरेलले बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनले परराष्ट्र नीति र बाह्य सम्बन्ध जस्ता विषयमा कुनै समाचार वा टिप्पणी प्रस्तुत गर्नु पूर्व पार्टीको आधिकारिक धारणा बुझ्न सञ्चारमाध्यमहरूलाई अनुरोध पनि गरेका छन् ।

केही स्वदेशी र विदेशी मिडियाहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिन अगाडिको जनप्रदर्शनको विषयलाई लिएर बोलेको भनिएका कुराहरू सत्य नभएको पोखरेलको भनाइ छ ।

उनले भनेका छन्, ‘यी समाचारले अनावश्यक सनसनी फैलाउने एवं नेपाल र भारतबीचको युगौँ पुरानो सम्बन्धमा आशंका बढाउने दुराशय बोकेका छन् ।’

नेपालको संविधान र लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम चयनको विषय भएको एमालेको भनाइ छ ।

‘इतिहासको पाङ्ग्रालाई पछाडि फर्काउने कुनै पनि प्रयासलाई नेपाली जनताले सहजै विफल पार्छन् भन्ने कुरामा हामी विश्वस्त छौँ’, विज्ञप्तिमा भनिएको छ ।

हालैको एमाले बैठकमा ओलीले आफूलाई हटाउन भारतीय खुफिया एजेन्सी ‘रअ’ लागिपरेको भन्दै भारतलाई देखाइदिने चेतावनी दिएको समाचार केही सञ्चारमाध्यममा आएका थिए ।

प्रतिक्रिया दिनुहोस