काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले उपचाररत रेविका खत्रीको परिवारसँग भेट गरेका छन् ।
सांसदहरू सोबिता गौतम, गणेश पराजुली र चन्दा कार्की मंगलबार साँझ अस्पतालमा पुगेर उनको परिवारलाई भेट गरेका हुन् ।
खत्रीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालको आइसियुमा उपचार भइरहेको छ ।
उनी गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा गोली लागेर घाइते भएकी थिइन् ।
नियमित कामबाट फर्कँदै गर्दा रेविका प्रदर्शन कारी र प्रहरीबीचको झडपमा परेकी थिइन् । सो क्रममा उनलाई गोली लागेको थियो ।
सांसदहरूले घटनाप्रति दु:ख व्यक्त गर्दै आवश्यक पहलका लागि परिवारसँग प्रतिबद्धता जनाएका छन् ।