काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्ष प्रवेश गराउने क्रममा तनाव सिर्जना भएको छ ।
कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा लगाइएको ताला फुटाउने प्रयास गर्दा नगर प्रहरीले हस्तक्षेप गरेका छन् ।
ताला फुटाउने काम भइराख्दा नगर प्रहरी प्रमुख राजु पाण्डेसहितले हस्तक्षेप गरेको हो ।
उनीहरूले कर्मचारीलाई निस्किन चेतावनी दिएका छन् । ताला फुटाउने क्रममा कार्यकक्षको ढोकाको सिसा फुटेको छ ।