१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिगामीहरूले काठमाडौँमा अझै हत्या हिंसा गर्न सक्छन्, प्रतिवाद गर्न आजै जाँदैछौँ : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूको प्रतिवाद गर्नको लागि नेवार समुदायले काठमाडौँमा भेला गर्न लागेको बताएका छन् ।

जागरण अभियान लिएर बर्दिया पुगेका ‘प्रचण्ड’ले गुलरिया नगरपालिकाद्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै काठमाडौँको भेलाको तयारी गर्न आजै फर्किन लागेको बताएका छन् ।

उनले भने, ‘आजै हामी काठमाडौं जानुपर्नेछ । काठमाडौँमा पनि हामीले लगातार प्रतिवाद गरिराख्नुपर्ने अवस्था छ। काठमाडौंमा पनि लगातार हामीले हस्तक्षेप गरिराख्नुपर्ने छ। नत्र प्रतिगामीहरूले अझै बढी आगजनी, हत्या हिंसा गर्न सक्ने भएकाले हामीले पर्सी नेवार बुद्धिजीवी र नेताहरूले भेलाद्वारा हामीले ठूलो नेवार समुदायको सम्मेलन गर्ने र हजारौँ उपस्थित गराएर खबरदारी गर्ने सोचेका छौँ। त्यसको तयारी गर्न आजै फर्किँदैछौं।’

उनले आफू नेतृत्वको सरकार ढालेर काँग्रेस एमाले मिलेर बनेको सरकारलाई जनताले नरुचाएको पनि दाबी गरे।

उनले भने, ‘अपारदर्शी तरिकाले सरकार ढाल्ने र अर्को गठबन्धन बनाउने काम भयो। त्यो असंवैधानिक र असंवैधानिक छ भनेर मैले भन्दै आइरहेको छु, यो जनताको भावना, आकांक्षा र आवश्यकताको पनि विपरीत छ गलत भएको छ। हामी जनताको साथ जुटाएर भ्रष्टाचारको रक्षा गर्ने, कुशासन कायम गर्ने प्रयासलाई विफल पार्ने संकल्प गरेर हामीले अभियान चलाएको छौँ।’