२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइजिपी थापाले भने-‘राजावादीको प्रदर्शनमा ३०-४० जनाको झुण्ड बनेर आगजनी र लुटपाट गरे’

अ+ अ-

काठमाडौँ । राजावादीले चैत १५ मा गरेको प्रदर्शनमा ३०-४० जनाका झुण्ड भएर आगजनी र लुटपाट गरिएको प्रहरी महानिरीक्षक दीपक थापाले बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा महानिरीक्षक थापाले शान्तिपूर्ण कार्यक्रम गर्ने भनेर अनुमति लिएको तर अराजकता मच्चाएको बताए ।

शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर अनुमति मागेपछि सोहीअनुसारको सुरक्षा रणनीति अपनाइएको थापाले जानकारी दिए । तर, त्यो कार्यक्रमको सुरुवातमै अराजकता मच्चाउन लागिएको पनि थापाले जानकारी दिए । ‘शान्तिपूर्वक कार्यक्रम गर्छौँ भनेर रुट र भेन्यू समेत लिएका थिए । समाजवादी मोर्चाको पनि कार्यक्रम रहेकाले कुनै पनि झडप नहोस् भनेर सुरक्षा रणनीति बनाइएको थियो, ‘थापाले भने, ‘राजावादी जुन आन्दोलन भनिएको छ त्यसमा ३९ भन्दा बढी समूह छन् । सानासाना जुलुस निकालिए र मञ्च पनि बनाएको छ । त्यसअनुसार सुरक्षा दियौँ । शान्तिपूर्वक गर्छौँ भनेर गरिएको प्रदर्शन भीड, हिंसा, लुटपाट, तोडफोड, आगजनीमा उत्रियो । त्यसपछि हाम्रो रणनीतिअनुसार अगाडि बढ्न केही असहज भयो ।’

उक्त प्रदर्शनमा सुनियोजित रूपमा निश्चित संख्याका व्यक्तिहरूको समूह बनाएर लुटपाट र तोडफोड तथा आगजनी गरिएको थापाले बताए । ‘कार्यक्रम सुरु हुनु पहिले नै झडप भयो र मञ्चमा बसेर उत्तेजक भाषण पनि भइराखेको थियो । झुन्ड-झुन्ड थियो । ३०(४० जनाको झुन्ड भएर यहाँ हान, यहाँ हान भनिरहेका थिए । अराजक झुन्डमा गएर आगजनी, लुटपाट गरिएको छ ।

उक्त घटनाको स्थिति ४ घण्टामा नियन्त्रणमा लिइएको पनि महानिरीक्षक थापाले बताए । कर्फ्यु लगाएर स्थिति नियन्त्रणमा लिइएको उनले जानकारी दिए । तीनकुनेको घटनामा राज्यविरुद्धको अपराध र संगठित अपराध तथा आपराधिक उपद्रोमा मुद्दा दर्ता गरिएको थापाले जानकारी दिए । राज्यविरुद्धको अपराध र संगठित अपराधमा संलग्न भएका २० जनालाई पक्राउ गरिएको र अन्य ५८ जनालाई आपराधिक उपद्रोमा पक्राउ गरेर म्याद थप गरिएको थापाले जानकारी दिए । उक्त घटनामा संलग्नमा रहेकाहरूलाई अनुसन्धानको दायरामा ल्याइने पनि थापाले बताए ।

उक्त प्रदर्शनका क्रममा पत्रकार रहेको घरमा आगो लगाइएको थियो । उक्त आगलागीमा पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर सविन महर्जनको मृत्यु भएको थियो ।

जडीबुटी प्रशोधन केन्द्रमा आगजनी गरिएको थियो भने सञ्चार गृहमा ढुंगामुढासहित आगजनीको प्रयास गरिएको थियो । भाटभटेनीमा लुटपाट र तोडफोड गरिएको थियो ।