७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शिक्षकका माग सम्बोधन गर्न वर्षे अधिवेशन छिट्टै बोलाइएको हो’-शिक्षा मन्त्री भट्टराई

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकका माग सम्बोधन गर्न सरकारले संसदको वर्षे अधिवेशन छिट्टै आह्वान गर्ने निर्णय गरेको बताएकी छन् ।

मन्त्री भट्टराईले बुधबार भिडियो सन्देश जारी गर्दै शिक्षकका माग सम्बोधन गर्न संसद बैठक आह्वान गर्ने निर्णय गरेको बताएकी हुन् ।

‘विधेयक छिटो पारित गरियोस् भन्ने मागलाई सम्बोधन गर्न हिजोको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते त्यही विषलाई सम्बोधन हुने गरी संसद बैठक आह्वान गरेको छ,’ मन्त्री भट्टराईले भनेकी छन् ।

शिक्षकका अरु माग सम्बोधन गर्न पनि मन्त्रालयले सहजीकरण समिति बनाएर संवाद गरिरहेको उनले बताइन् ।

‘शिक्षकसँग संवादमा छौँ । मन्त्रालयको तर्फबाट सहजीकरण समिति निर्माण गरेर संवादमा लागेका छौँ,’ उनले भनिन् ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् । सरकार र शिक्षक महासंघबीच पटक पटक संवाद भए पनि सहमति जुटेको छैन ।

सरकारले मन्त्रिपरिषद् बैठकबाट शिक्षकहरूलाई आन्दोलन बन्द गरेर विद्यालय फर्किन आह्वान गरे पनि शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने अडानमा शिक्षकहरू छन् ।

शिक्षक तथा कर्मचारीमैत्री शिक्षा ऐन छिटो जारी गर्नुपर्ने उनीहरूको मुख्य माग छ ।

प्रतिक्रिया दिनुहोस