काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेताहरू जारी शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका छन् ।
सोमबार नयाँ बानेश्वरमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरू पुगेका थिए ।
उनीहरूलाई आन्दोलनरत शिक्षकहरूले आफूहरूको आन्दोलनमा सहभागी नहुन भन्दै उल्टै नाराबाजी गरेका छन् ।
आन्दोलनमा सहभागी शिक्षकहरूले उनीहरूलाई संसदमा बोल्न आग्रह गर्दै ‘यहाँ नआउन’ भन्दै माइकिङ गरेका छन् ।
लगत्तै, उनीहरू प्रदर्शन स्थलबाट बाहिरिएका थिए ।
बाहिरिने क्रममा अध्यक्ष नेपालले भनेका छन्, ‘अरु केही भन्दिनँ, यो आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ ।’
शिक्षकहरू गत २० चैतदेखि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलनमा छन् ।