२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठगीमा संलग्न दुई जना पक्राउ

अ+ अ-

काठमाडौँ । ठगीमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ बस्ने काभ्रेपलान्चोक बनेपा नगरपालिका-२ घर भएका २० वर्षीय विशाल घिमिरे र काठमाडौं महानगरपालिका-२७ सुन्धारा बस्ने रौतहट गरूडा नगरपालिका-४ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।  

प्रहरीका अनुसार उनीहरूले विद्यार्थी भिषामा अमेरिका जान एक दिनको लागि बैंक ब्यालेन्स देखाउन आफूलाई ६१ लाख रुपैयाँ आवश्यक भएको भनी बहाना बनाई पीडितलाई झुक्याई, प्रलोभनमा पारी उक्त रकम आफ्नो खातामा पठाउन लगाई रकम जम्मा भए पश्चात् अन्यत्र विभिन्न व्यक्तिहरूको खाताहरूमा सम्पूर्ण रकम रकमान्तरण गराई सम्पर्कविहीन भएका थिए ।

सम्पर्कविहीन भएपछि पीडितले दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौँ सुन्धाराबाट बिहीबार पक्राउ गरेको हो । 

उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।