२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पम्फा भुसालको दाबी-‘दलितको मुक्ति माओवादीले मात्रै गर्न सक्छ’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले दलितको मुक्ति माओवादीले मात्रै गर्न सक्ने बताएकी छन् ।

१९ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा माओवादी निकट नेपाल दलित मुक्ति मोर्चाले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

पूर्वमन्त्री समेत रहेकी पार्टी उपाध्यक्ष भुसालले पछिल्ला वर्षमा निर्वाचन तथा सरकार गठनमा निरन्तर रूपमा गठबन्धनबाट भइरहेका र निर्वाचन पनि गठबन्धन गरेर नै भइरहेका कारण पार्टीको नीति अनुसार दलितको सहभागिता सुनिश्चित गर्न नसकिएको बताइन् ।

उपाध्यक्ष भुसालले माओवादीका सबै तहका संरचनामा दलितको अनिवार्य १५ प्रतिशत सहभागिता पुर्याउनेगरी तयारी गर्न दलित मुक्ति मोर्चालाई आग्रह समेत गरेकी छन् । उनले पार्टीले १५ प्रतिशत सबै तहमा प्रतिनिधित्व हुने सुनिश्चित गरिसकेको भन्दै त्यसै अनुसार पार्टी, जनवर्गीय संगठन तथा राज्यका संरचनामा पनि पुर्याउनेगरी तयारी गर्न दलित मुक्ति मोर्चालाई आग्रह गरेकी हुन् ।

दलित मुक्ति मोर्चाका इन्चार्ज समेत रहेका माओवादीका केन्द्रीय सदस्य परशुराम रम्तेलले अहिलेको प्रधानमन्त्रीसँगै नेकपा (एमाले) र नेपाली काँग्रेस दलित विरोधी भएको बताए । उनले नीति तथा कार्यक्रममा पनि दलितलाई उपेक्षा गरिएकोमा आपत्ति जनाए ।