२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र मन्त्री डा. राणाले भनिन्-‘निजी क्षेत्रलाई समेटेर विकास गर्नुपर्छ’

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले निजी क्षेत्रलाई समेटेर विकासको खाका तयार गर्नुपर्ने बताएकी छन् ।

आगामी असोजमा हुने सुदूरपश्चिम लगानी तथा विकासको तयारी सम्मेलनको बुधबार धनगढीमा उद्घाटन गर्दै उनले अहिलेको युग सरकारले कस्तो विकास गर्ने, कसरी विकास गर्ने भन्ने छलफल समेत निजी क्षेत्रसँग गरेर अगाडि बढ्नु पर्ने बताइन्।

उनले अब विश्व बैंक, एसियाली विकास बैंक मात्र नभएर लगानी गर्ने अन्य दाता पनि खोज्न जरुरी रहेको बताइन्। पहाडमा विकास भएको तर मान्छे पहाडमा बस्न छोडेको भन्दै उनले त्यो कुरालाई समेत ध्यानमा राखेर एकीकृत विकास गर्नुपर्छ भन्नेमा उनले जोड दिइन् ।

सुदूरपश्चिम प्रदेश सरकारले रोजगारी पनि बढ्ने, राजश्व पनि संकलन हुने अपेक्षा सहित बेतन कर्णाली जल विद्युत् आयोजना आफै सञ्चालन गर्ने आकांक्षा राखेको चर्चा गर्दे परराष्ट्र मन्त्री डा. देउवाले त्यो विषयमा संघीय सरकारले छलफल गर्ने बताइन्।

उनले सुदूरपश्चिम फाप्ला क्रिकेट मैदान बन्ने चर्चा गरिन्। उनले भनिन्, ‘‘भारतको समेत सहयोगमा धनगढीको फाप्ला क्रिकेट मैदान बनाउँदै छौँ, यसमा प्रदेश सरकारको समेत उल्लेख्य सहयोग छ।’’

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भएको लगानी सम्मेलनको पूर्व तयारी कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, विभिन्न देशका राजदूत, विश्व बैंक, एसियाली विकास बैंक लगायतका दातृ निकायका नेपाल प्रमुख, गैरआवासीय नेपाली संघका प्रतिनिधिको सहभागिता रहेको छ।