काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा पुरस्कारका लागि सम्बन्धित सरकारी निकायहरूलाई कर्मचारी सिफारिस गरी नाम पठाउन अनुरोध गरेको छ ।
बिहीबार सो मन्त्रालय अन्तर्गतको कर्मचारी कल्याण शाखाले विभिन्न मन्त्रालय र अन्य सरकारी निकायलाई पत्र लेखी कर्मचारीको नाम पठाउन अनुरोध गरेको हो ।










