२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रदेशसभा संसदीय गतिविधिबारे आम नागरिकलाई सुसूचित गर्नुपर्ने आवश्यकता छ’ : अम्बरबहादुर विष्ट

अ+ अ-

बनियानी (झापा) । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा संसदीय गतिविधिबारे आम नागरिकलाई सुसूचित गर्नुपर्ने बताएका छन् । 

संसदीय पत्रकार मञ्च कोशी प्रदेश र प्रदेशसभा सचिवालयको सहयोगमा आज बिर्तामोडमा आयोजित ‘संसदीय रिपोर्टिङमा डिजिटल मिडिया र सूचनाको प्रयोगसम्बन्धी तालिम’ शुभारम्भ गर्दै उनले प्रदेशसभाबारे अझै नागरिकलाई बुझाउन नसकिएको बताए ।  

“प्रदेशसभाका विषयमा जनता अझै अनभिज्ञ छन् । यसको औचित्य र आवश्यकताबारे बुझाउन सकेका छैनौँ,” उनले भने, “हाम्रा गतिविधिबारे उपयुक्त जानकारी दिन सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका छ । प्रदेशसभामार्फत  जनताका पक्षमा भएका काम र यसको आवश्यकताबारे आम नागरिकलाई बुझाउन मिडियाकर्मीको सहयोग अपरिहार्य छ ।”

नेपाली काँग्रेस कोशी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले प्रदेशले सञ्चार विधेयक निर्माण गरिरहेको र यसमा आफूले समेत संशोधनका केही प्रस्ताव पेस गरेको सुनाए । उनले विधेयक पत्रकार र सञ्चार क्षेत्रको विकासका लागि महत्त्वपूर्ण भएकाले यसलाई सञ्चारमैत्री बनाउन लाग्नुपर्नेमा जोड दिए। प्रदेशसभा सदस्यको विधायकी भूमिका थप प्रभावकारी बनाउन पत्रकारले पनि थप सहयोग गर्नुपर्ने तामाङको भनाइ थियो । 

कार्यक्रममा प्रदेशसभा सदस्यहरू निमसरी राजवंशी, लखीकुमारी गणेश, गोपाल तामाङ, गोपाल विश्वकर्मा, छविलाल चुडाल, राधाकृष्ण खनाल,  पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, महासंघ झापा अध्यक्ष एकराज गिरीलगायतले आफ्नो धारणा राखेका थिए । 

तालिममा प्रदेशसभा सचिवालयका शाखा अधिकृत निरोज ढकालले संसदीय खुलापन र कोशी प्रदेशसभामा यसको अभ्यास, संसदीय पत्रकार मञ्चका सल्लाहकार विवेक गौतमले संसद् र पत्रकारबीचको अन्तरसम्बन्ध, कोशी प्रदेशका मुख्यमन्त्री प्रेस सल्लाहकार विक्रम लुइँटेलले सांसद र  पत्रकारबीच सूचनाको प्रवाह, जबाफदेहिता र पारदर्शिताको विषयमा प्रशिक्षण दिएका थिए । 

संसदीय पत्रकार मञ्च कोशी प्रदेश अध्यक्ष कुमार लुइँटेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मञ्चका सचिव सुमन सुस्केराले गरेका थिए ।