२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाम्का आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकार र बुढीनन्दा नगरपालिकाले गर्‍यो आर्थिक सहयोग

अ+ अ-

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका-६ स्थित बाम्का बजारमा जेठ २३ गते नवदुर्गा होटेलमा ग्यास सिलिन्डर पड्किएर भएको भीषण आगलागीका प्रभावितहरूलाई राहत स्वरूप सुदूरपश्चिम प्रदेश सरकार र बुढीनन्दा नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको सुदूरपश्चिम प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले बुढीगंगा नगरपालिकालाई आगलागी पीडितको राहत तथा पुन:स्थापनाका लागि प्रारम्भिक रूपमा ४० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रारम्भिक चरणमा राहत स्वरूप ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिँदै आगलागीबाट पीडित परिवार र व्यवसायीहरूलाई थप सहायता आवश्यक परेमा त्यसबारे थप निर्णय गरिने बताएका छन् ।

उनका अनुसार तत्काल राहत स्वरूप मौज्दातमा रहेका १५ वटा ठुलो टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपालसमेत उपलब्ध गराइनेछ ।

यसैबीच बुढीनन्दा नगरपालिकाले पनि मानवीय सहायताको रूपमा १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।