२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अल्पकालीन ब्याजदर बढाउन ४० अर्बको निक्षेप संकलन

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले अल्पकालीन ब्याजदर बढाउन बुधबार ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर साढे २ प्रतिशतमा झरेपछि निक्षेप संकलन उपकरण प्रयोग गरेको हो ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता र अल्पकालीन ब्याजदरलाई हेरेर तरलता खिच्ने र पठाउने गर्छ । पछिल्लो समयमा कर्जाको माग बढ्न नसक्दा र रेमिट्यान्स आप्रवाह निरन्तर वृद्धि हुँदा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै गएको छ ।

केन्द्रीय बैंकले अल्पकालीन ब्याजदरलाई ब्याजदर करिडोर मार्फत सन्तुलित बनाउँदै आएको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता अभाव भएको खण्डमा ब्याजदर करिडोरको माथिल्लो सीमा अर्थात बैंक दर (६.५) प्रतिशतमा स्थायी तरलता सुविधा मार्फत पैसा दिन्छ । त्यसैगरी अधिक तरलता भएको खण्डमा स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्छ । स्थायी निक्षेप सुविधा दर ३ प्रतिशत तोकेको छ ।

केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशत भन्दा तल अन्तर बैंक दर साताको दुईपटकसम्म निक्षेप संकलन गरेको छ । यसै साताको आइतबार ४२ दिने निक्षेप संकलन गरेको केन्द्रीय बैंकले बुधबार पुन ४० अर्बको निक्षेप बोलकबोल गर्ने भएको हो ।

बुधबार जेठ ७ गते लिएको ५० अर्बको निक्षेप परिपक्व हुँदैछ । त्यसैगरी केन्द्रीय बैंकले स्थायी निक्षेप मार्फत लिएको पैसा पनि परिपक्व हुने भएपछि ४० अर्ब २१ निक्षेप संकलन आह्वान गरेको हो ।

केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर घटेपछि बोलकबोल मार्फत ब्याजदर निर्धारण गरी बढाउन खोजेको हा । निक्षेप संकलन मार्फत तरलता खिचेपछि तरलता घट्ने बित्तिकै बैंक वित्तीय संस्थाले धेरै ब्याजको माग गर्छन् । त्यसपछि ब्याजदर बढ्न जान्छ । यो साताको आइतबार जारी भएको निक्षेप संकलन उपकरणको औसत ब्याजदर २.९९३५ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि बुधबारसम्ममा केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाको ३ खर्ब ९७ अर्ब रुपैयाँ थुप्रिएको छ । यो रकम मध्ये २ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलनको हो भने एक खर्ब ४१ अर्ब रुपैयाँ स्थायी निक्षेप संकलनको हो ।