२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भ्रष्टाचारको दफा’ लगाउने चेतावनीपछि गृह मन्त्रालयद्वारा ६ उपसचिव र १६ अधिकृतसहित ३७ कर्मचारीको काज फिर्ता

अ+ अ-

मन्त्रालयको यो निर्णयसँगै गृहमा काजमा खटिएका कर्मचारीको संख्या शून्य भएको अधिकारीहरुले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिएका छन्

काठमाडौँ । गृह मन्त्रालयले काजमा रहेका ३७ कर्मचारीलाई फिर्ता गरेको छ। मन्त्रालयले मंगलबार ६ उपसचिव, १६ शाखा अधिकृत र बाँकी नायब सुब्बा (नासु) को काज फिर्ता गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दरबन्दीभन्दा बढी कर्मचारी राखिएको र अनावश्यक काज खटाइएको भन्दै सात दिनभित्र व्यवस्थापन नगरे कारबाही गर्ने चेतावनी दिएका थिए। सोही चेतावनीपछि मन्त्रालयले काजमा रहेका कर्मचारीलाई फिर्ता गरेको हो।

गृह मन्त्रालयअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय र केही जिल्ला प्रशासन कार्यालयहरूमा दरबन्दीभन्दा बढी कर्मचारी राखिएको तथा दरबन्दी नभएका स्थानमा काजमा कर्मचारी खटाइएको भन्दै अख्तियारमा उजुरी परेको थियो। उजुरीमा आवश्यक ठाउँमा दरबन्दी रिक्त राखेर सेवा प्रवाहमा अवरोध भएको पनि उल्लेख थियो। अख्तियारले २०८२/०२/१३ मा पत्र लेख्दै छानबिन र कारबाही गर्न निर्देशन दिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई पत्र पठाएको बारे प्रशासनले समाचार प्रकाशित गरेको थियो ।

निजामती सेवा ऐन, २०४९ को दफा १८(क) र सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १५ अनुशार पत्राचार गर्दा नटेरेपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७(क) अनुशार कारबाहीको चेतावनीपछि शक्तिकेन्द्रको प्रभावमा काज सुविधा लिइरहेका कर्मचारीलाई फिर्ता गरिएको हो ।

कतिपय कार्यालयमा कर्मचारी अभाव छ। दरबन्दी भएका कार्यालयमा समेत वर्षौंसम्म कर्मचारी नखटाउँदा सेवा प्रवाहमा गम्भीर असर परिरहेको छ। तर, केही चल्तापुर्जा कर्मचारी भने सुविधा र लाभका लागि अनुकूल निकायमा लामो समयदेखि काजमा रमाइरहेका छन्।

त्यतिमात्र होइन, ‘मालदार’ भनिने कार्यालयमा दरबन्दीभन्दा दोब्बर कर्मचारी वर्षौंदेखि बसेर रजाइँ गरिरहेका छन्। यस्ता अनियमितता खुलेआम हुँदा पनि सम्बद्ध निकाय मौन रहँदा अनियमितता झन् संस्थागत हुँदै गएको छ। यस्तो सन्दर्भमा हालको काज फिर्तालाई सकारात्मक कदम मान्न सकिन्छ कि ? हेरौं यो निर्णय कति दिन टिक्छ र अन्य निकायहरुले कति कार्यान्वयन गर्छन् ?