२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गर्मीले जनजीवन कष्टकर बन्दै 

अ+ अ-

काठमाडौँ । केही दिनदेखिको उखरमाउलो गर्मीले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । 

 चर्को गर्मीका कारण सर्वसाधारणलाई दैनिक कामकाज गर्न असहज बनेसँगै जनजीवन प्रभावित बनेको हो ।  

पछिल्ला दिनमा धनगढीको अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा बढी गर्मीको महसुस भएको जल तथा मौसम विज्ञान विभाग अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार साहले बताए ।  

उनले भने, “न्यूनतम तापक्रम र अधिकतम तापक्रमको अन्तर घट्दै जाँदा बढी गर्मी महसुस भइरहेको हो, यसबाहेक धेरै समय मानिसले न्यूनतम तापक्रममा बस्नुपर्ने अवस्थाले पनि गर्मी महसुस भएको हो ।” 

धनगढीमा सोमबारको अधिकतम तापक्रम ४० दशमलव दुई डिग्री सेल्सियस र न्यूनतम तापक्रम २९ दशमलव २ डिग्री मापन भएकामा आज आज अधिकतम तापक्रम ३७ दशमलव दुई र न्यूनतम तापक्रम २६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको कार्यालयले जनाएको छ । 

पूर्वी नेपालमा भित्रिएको मनसुन पश्चिमी वायुको प्रभावले गर्दा सुदूरपश्चिम प्रदेश पुग्न सकिरहेको छैन । 

चर्को गर्मीले दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्ग, वृद्धवृद्धा र स्कुले बालबालिकालाई बढी प्रभावित पारेको छ । गर्मी बढ्दै जाँदा विद्यालयमा बिदा दिनुपर्ने माग अभिभावकबाट उठ्न थालेको छ ।

गर्मी बढेसँगै मध्याह्नको समयमा धनगढीसहितका बजार क्षेत्रमा ग्राहक पातलिँदा व्यापारिक चहलपहल पनि घटेको छ । गर्मीकै कारण कतिपय व्यापारिक पसल दिउँसोको समयमा बन्द गर्ने गरिएको छ । 

बढेको गर्मीले पक्की घर तात्न थालेपछि राति कोठामा सुत्न नसकेर अनिदो बस्नुपरेको स्थानीय मनिराम जोशीले बताए । गर्मीसँगै तात्ने पक्की घरका छतमा पानी जम्मा गरेर कोठालाई शीतल बनाउने प्रयास कतिपयले गरिरहेको देखिन्छ ।  

“कोठाको सिलिङ पङ्खालेसमेत तातो हावा दिँदा राति अनिदो बस्नुपरेको छ”, वीरबहादुर चौधरीले भने, “चर्को गर्मीले तातेको कोठामा खपिनसक्नु गर्मी बढ्दा कोठालाई शीतल बनाउन छतमा पानी हाल्नुपरेको छ ।” 

गर्मी बढेसँगै धनगढीका स्वास्थ्य क्लिनिक र अस्पतालमा बान्ता हुने, ज्वरो आउने र टाइफाइड देखिने बिरामीको चाप बढेको स्वास्थ्यकर्मीले बताएका छन् । 

बढ्दै गएको गर्मीबाट बालबालिकालाई जोगाउन उनीहरूलाई झोलिलो खानेकुरा खुवाएर शरीरमा झोलिलो पदार्थको मात्रा बढाउनुपर्ने र सडेगलेका, बासी र जथाभाबी राखिएका खानेकुरा नखुवाउन चिकित्सकले सुझाव दिएका छन्।