२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भूमे पर्व वैज्ञानिक र पर्यावरणमैत्री’: मन्त्री पाण्डे

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले भूमे पर्व केवल सांस्कृतिक परम्परा नभई वैज्ञानिक आधार भएको पर्व भएको बताएका छन् ।

आज आयोजित ‘भूमे पर्व–२०८२’ लाई सम्बोधन गर्दै मन्त्री पाण्डेले  भने, “भूमिलाई पूजा गर्ने चलन पुरातन मान्यता मात्र होइन, वैज्ञानिक विषय पनि हो । जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लिन थालेको छ । बाढी–पहिरो बढेको छ । सिङ्गो जगत् नै संकटमा छ । यस्तो अवस्थामा भूमि पूजाले प्रकृतिप्रतिको सम्मान र दिगोपनाको सन्देश दिन्छ ।”

मन्त्री पाण्डेले भूमे पर्वलाई वातावरणीय सन्तुलन कायम राख्न सघाउने संस्कारका रूपमा समेत रहेको बताए । “भूमि पूजाले प्राकृतिकतामा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको हुन्छ,” मन्त्री पाण्डेले भने, “भूमि र प्रकृतिलाई बाँच्न दिने हो भने जल, जमिन, जङ्गल र वायुको संरक्षण गर्न सकिन्छ ।”

उनले सूचीकरण तथा व्यवस्थापन कार्यविधि, २०८१ पारित बताउँदै मागअनुसार यस पर्वलाई पनि सूचीकृत गर्नेबारे छलफल गरिने बताए ।

आयोजक भूमे पर्व संरक्षण नेपालका उपाध्यक्ष हर्कबहादुर घर्तीले प्रकृति (भूमि)लाई सम्मान गर्न यो पर्व मनाउँदै आएको बताए । उनले भने, “भूमिको पूजा विशेषतः प्रकृतिले हामीलाई गाँस, बास, कपास दिएकामा सम्मान स्वरूप गरिन्छ । यसमा पूजाआजा तथा नाचगान गरिन्छ ।”

उनले भूमे पर्व पहिले मुख्य रूपमा रुकुम, रोल्पा र बागलुङमा मनाइए पनि अहिले बसाइसराइ र रोजगारीका कारण देश–विदेशमा छरिएका मगर समुदायले पनि मनाउन थालेको उल्लेख गरे । 

यो पर्व उपत्यकामा बसोबास गरिरहेका मगर समुदायका लागि टुँडिखेलमा तीन दिनसम्म आयोजना भइरहेको छ । यसै अवसरमा लुम्बिनी प्रदेश सरकारले दाङ, रोल्पा, रुकुमपूर्व र प्युठान जिल्लाका मगर समुदायलाई सार्वजनिक बिदा दिएको छ ।