२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी र वैदेशिक रोजगारीमा जानेका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन पत्राचार

अ+ अ-

काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिका कर्मचारी र वैदेशिक रोजगारीमा जानेका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन पत्राचार गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नीति तथा कार्यक्रम र बजेटमा उल्लिखित सबै राष्ट्रसेवक तथा संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गराउने विषय कार्यान्वयनका लागि मन्त्रालयमार्फत पहल थालेका थिए ।

मन्त्रालयले यस व्यवस्था कार्यान्वयनमा सघाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको थियो ।

सोही पत्रका आधारमा स्वास्थ्य बीमा ऐनमा भएको प्रावधान कार्यान्वयन गराउन संघीय मामिलाले पत्राचार गरेको हो ।

पालिकाका राष्ट्रसेवकसँगै वैदेशिक रोजगारीमा जानेको परिवारलाई ऐनको व्यवस्थाअनुसार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्राचार तथा सहजीकरणको लागि आग्रह गरेको पत्रका आधारमा सामान्य प्रशासनले अनिवार्य आबद्धताका लागि पत्र पठाएको उल्लेख गरेको छ ।

यसअघि मन्त्रालयले सबै संघीय मन्त्रालय तथा निकायहरूमा समेत यस्तै व्यवस्थाका लागि सघाउन पत्राचार गरेको थियो ।

यसले ऐनमा व्यवस्था भएर पनि हालसम्म लागु हुन नसकेको प्रावधान लागु हुने दिशामा अघि बढेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए ।

स्वास्थ्य सचिव डा. विकास देवकोटाले बाँकी क्षेत्रमा समेत आबद्धताका लागि मन्त्रालयले निरन्तर पहल गर्ने बताए ।स्वास्थ्य बीमा ऐन २०७४ मा प्रचलित कानून बमोजिम राष्ट्रसेवक मानिने व्यक्ति तथा वैदेशिक रोजगारमा जाने कामदारको परिवारले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्नेछ भन्ने विषय उल्लेख छ ।

यस्तै, प्रचलित कानून बमोजिम स्थापना भएका तोकिएका संस्थाले सो संस्थामा कार्यरत व्यक्तिलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउनु पर्नेछ भन्ने उल्लेख छ ।

तर हालसम्म कार्यान्वयनमा नआएको यो प्रावधान कार्यान्वयनका लागि नयाँ बजेट तथा नीति तथा कार्यक्रममा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पहल गरेका थिए । मन्त्री पौडेलले यसो भएमा करिब ४० अर्ब रकम स्वास्थ्य बीमा कोषमा थपिने र कार्यक्रमको दिगोपनामा योगदान पुग्ने बताउँदै आएका छन् ।