काठमाडौँ । संघीय संसद् भवन, नयाँबानेश्वरमा रहेको क्यान्टिन माथिको छतबाट एक जना कामदार खसेका छन् ।
ती कामदार छतमा मर्मतको काम गर्दागर्दै केहीबेर अघि खसेका हुन् । उनलाई अहिले सिभिल अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
उनको कुहिना र गोडामा चोट लागेको छ ।







