काठमाडौँ । रास्वपाको नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी छ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले नाराबाजी गरेका छन् । तर सभामुख देवराज घिमिरेले बैठक नियमित सञ्चालन गरेका छन् ।
सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगत्तै रास्वपा र राप्रपाका सांसदहरु आआफ्नो ठाउँबाट उठेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका सांसद शिव नेपालीलाई बोल्न समय दिए ।
Highlight / Follow Up
उनले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदमा विरोध जारी रहने जानकारी गराए । सरकारले नै मानव तस्करीको र्याकेट चलाउनेलाई संरक्षण गरेको उनको आरोप छ ।
तर सभामुखले बैठकलाई नियमित कार्यसूचीमा प्रवेश गराएपछि रास्वपा सांसदहरुले वेल घेराउ गरेका छन् भने राप्रपाका सांसदहरु बैठक कक्षबाट बाहिरिएका छन् । प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयगत बजेटमाथिको छलफल गर्ने र छलफलका क्रममा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।







