काठमाडौँ । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थपिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको उमेर ५६ वर्ष र सेवाअवधि ३० वर्ष ननाघ्ने गरी पदावधि थप्ने निर्णय गरेको एक मन्त्रीले बताए।
यो निर्णयअनुसार धौवजीको कार्यकाल २०८२ असोज २४ सम्म र न्यौपानेको कार्यकाल २०८२ माघ २९ सम्म रहनेछ।







