काठमाडौँ । दृष्टि न्युज डटकमका सञ्चालक एवं अध्यक्ष सम्भु श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बालाई २५-२५ हजार धरौटीमा छोड्न विशेष अदालतले आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर नेतृत्वको पूर्ण इजलासले बिहीबार दुवै जनाको बयान र थुनछेक बहसपछि २५-२५ हजार धरौटीमा छोड्न आदेश दिएको हो ।
दृष्टि मिडियाका तर्फबाट कानुन व्यवसायी दिनेश त्रिपाठी, डेकेन्द्र सुवेदी, अनन्तराज लुइँटेललगायतका अधिवक्ताले बहस गरेका छन् ।
भने वादीको तर्फबाट विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवर, युवराज बन्जाडे, सन्तोष कोइराला, परशुराम आचार्य, रामचन्द्र गौतमसहितका अधिवक्ताले बहस गरेका छन् । इजसालले यही असार १५ मा साक्षी बकपत्रका लागि समय तोकेको छ ।







