१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानिर्देशक सञ्जेलको अध्यक्षतामा २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल समारोह समिति गठन

अ+ अ-

काठमाडौँ । कृषि विभागले यही असार १५ गते २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्ने भएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी गरेको हो । 

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सञ्जेलले दिवसको प्रचारप्रसार तथा जनचेतना अभिवृद्धि गरिने बताउँदै धानसम्बन्धी प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर, सन्देशलगायतका सामग्री प्रकाशित र प्रसारण गरिने जानकारी दिए । 

प्रत्येक वर्ष असार १५ गते विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने गरेको विभागले ‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारा तय गरेको छ । 

महानिर्देशक सञ्जेलले धान बालीको उत्पादनमा सुधार ल्याइ खाद्य सुरक्षामा योगदान पुर्‍याउनुपर्नेमा जोड दिँदै धान उत्पादनमा वैज्ञानिक विधिको प्रयोग, जलवायु अनुकूल प्रजातिको प्रवर्द्धन गर्नुपर्ने बताए । 

विभागले कृषकको जीवनस्तर उकास्न नीति निर्माणदेखि व्यावहारिक कार्यान्वयनसम्म सबै तहमा संवेदनशील हुनुपर्नेमा जोड दिँदै कृषकलाई धान उत्पादन एवं उत्पादकत्व बढाउन तथा खाद्य सुरक्षामा किसानलाई जागरूक बनाउने जनाएको छ । 

दिवसमा राष्ट्रिय तथा स्थानीय तहका नीति निर्माता, कृषि समुदाय, कृषक समूह/सहकारी, कृषि बालीसम्बन्धी संस्था, सञ्चार माध्यमलगायत सहभागिता रहनेछ ।