२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजमा पछाडि परेका समुदायको उत्थानमा कलम चलाउनु पर्छ : सभामुख विष्ट

अ+ अ-

मोरङ । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले सञ्चारकर्मीले समाजमा पछाडि परेका समुदायको उत्थानमा कलम चलाउनु पर्ने बताएका छन् । 

‘नारदमुनि पवित्रादेवी लुइँटेल स्मृति कोष’द्वारा आज यहाँ आयोजित झीलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कारबाट मोरङस्थित बिबिसीका समाचारदाता विक्रम निरौलालाई नगदसहित सम्मान गर्दै सभामुख विष्टले बालविवाह, महिला हिंसा, छुवाछुत प्रथा र दाइजो प्रथा अन्त्यका लागि  समाजमा समाचारको माध्यमबाट जनचेतना फैलाउनुपर्ने सुझाव दिए ।

सभामुख विष्टले लुइँटेल परिवारले यस क्षेत्रमा स्वास्थ्य, शिक्षा एवम् विकासमा महत्त्वपूर्ण योगदान गरेका कारण उहाँहरूको सम्झना पछिसम्म रहिरहने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जनप्रतिनिधिले गरेका विकास एवं सामाजिक कार्य राम्रो भए प्रशंसा एवम् नराम्रोको आलोचनात्मक टिप्पणी गरी सुझाव दिन आग्रह गरे । 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष  राजेन्द्रबहादुर राउतले लुइँटेल परिवारको यस क्षेत्रको समग्र विकासमा महत्त्वपूर्ण योगदान रहेको चर्चा गरे । 

सो अवसरमा सभामुख विष्टले छात्रपति लुइँटेल निवृत्त शिक्षक सम्मानबाट शिवबहादुर अधिकारी तथा जेहेन्दार छात्रवृत्तितर्फ रोजिना गच्छदार र आयुश रक्त्वेलाई नगदसहित सम्मान गरेका थिए । सभामुख विष्टले सोही अवसरमा छत्रपत्रि लुइँटेल स्मृति ग्रन्थ पुस्तक विमोचन समेत गरे ।