२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वर्णिम वाग्लेले भने-‘सोविताले बोल्दै नबोलेको कुरालाई उचालेर बबन्डर मच्चाइयो’

अ+ अ-

काठमाडौँ । रास्वपाका उपसभापति स्वणिम वाग्लेले पार्टीकी सांसद सोविता गौतमले बोल्दै नबोलेको कुरालाई उचालेर बबन्डर मच्याइएको बताएका छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीसँग गएको नभई प्रधानमन्त्री सहभागी कार्यक्रममा गएकाहरू नफर्किएको कुरा उठाएको बताए।

‘रास्वपा सक्षम अनुसन्धान गर्ने निकाय होइन, हामी राजनीतिक दल हौँ, त्यो निकाय राज्यसँगै छन् छानबिन गर भनेर उहाँले आह्वान गर्नुभएको हो,’ उनले भने, ‘उहाँले बोल्नै नबोलेको कुरा प्रधानमन्त्रीसँग गएको मान्छे फर्किएनन् भन्यो भनेर यत्रो बबन्डर मच्चाइयो। उहाँले बोलेको खास भाषा हेरेको भए त्यो छर्लङ्ग छ। आज पनि उहाँले दुई चोटि दोहोर्‍याइसक्नुभयो।’

उनले प्रधानमन्त्री गएको कार्यक्रम ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा गएका अन्य सयौँ नेपालीका बारेमा गौतमले कुरा उठाएको बताए।

उनले भने, ‘प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधि मण्डलका सदस्यहरूको बारेमा उहाँले बोल्नु भएको छैन। यसमा स्पष्ट हुन आवश्यक छ।’

दश वर्षअघि इथियोपिया भएको तेस्रो सम्मेलनको नेतृत्व आफूले गरेर गएको पनि स्मरण गरे। उनले ठाउँ हेरेर मान्छेहरूले ओइरो लाग्ने गरेको बताए।

स्पेन युरोप छिर्ने द्वारको रूपमा मानव तस्करहरूले प्रयोग गरिरहेकाले त्यसबारे छानबिन गर्नको लागि यो विषय उठाएको बताए। भिजिट भिसा प्रकरणमा आफूहरूले गरेको आन्दोलन स्थापित हुँदै गएको जिकिर गरेका छन।