२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ आर्थिक वर्ष सुरुहुन अगावै सबै विश्वविद्यालयको बजेट र कार्यक्रम पारित

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा नयाँ आर्थिक वर्ष सुरु हुनुअगावै सबै विश्वविद्यालयले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम पारित गराएका छन् ।

विश्वविद्यालयहरूको आर्थिक स्वच्छता र मुलुकको संसदीय लोकतान्त्रिक प्रणाली र विद्यमान आर्थिक ऐनसम्बन्धी व्यवस्था अनुकूल हुने गरी सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले सम्भवतः पहिलो पटक यसरी एकै समयमा बजेट पारित गरेका छन् । चालु आवको अन्तिम दिन असार ३२ गते मात्रै नेपाल संस्कृत विश्वविद्यालयको ७८ औँ र लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औ सभा बैठक सम्पन्न भएको छ । आजै चिकित्सा शिक्षा आयोगको बैठक पनि राखिएको छ ।

यही असार ३१ गते एकै दिन चार वटा विश्वविद्यालयको सभा बैठक (सिनेट)भएको थियो । उक्त दिन सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ, पूर्वाञ्चल विश्वविद्यालयको ४१ औँ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १५ औँ र कृषि तथा वन विज्ञान विश्वविद्यालयको १४ औँ सभा बैठक सम्पन्न भई बजेट तथा कार्यक्रम पारित भएको थियो । 

यस्तै असार ३० गते मध्यपश्चिम विश्वविद्यालयको १७ औँ, राजर्षि जनक विश्वविद्यालयको १० औँ, असार २६ गते त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारण सभा, असार २५ गते पोखरा विश्वविद्यालयको २५ औँ सभा बैठक भई बजेट पारित भएको छ । यसअघि काठमाडौँ विश्वविद्यालय, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभा बैठक आयोजना भइसकेको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा दीपक अर्याल यही असार २५ गते मात्रै नियुक्त हुनुभएकाले असार २६ गतेको सिनेटमा नीतिगत कार्यक्रम पनि स्थगन गरी चाँडै अर्को बैठकमा ल्याउन भनिएको छ ।

कुलपति ओलीको तत्परतामा सबै विश्वविद्यालय (प्रतिष्ठान)हरुले नयाँ आर्थिक वर्ष लाग्नुअगावै आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिका लागि छोटो सूचनामा पनि यसरी विश्वविद्यालयको सभा राखिएको मुलुककै पहिलो शैक्षिक परिघटना साबित भएको छ ।

साथै यी विश्वविद्यालयहरूका स्रोत सुनिश्चितबिनाका बजेट र कार्यक्रम राख्ने क्रम पनि रोकिएको छ । केही विश्वविद्यालयले घाटा बजेटसमेत प्रस्ताव गरेको स्थितिमा कुलपति ओली, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहितको मार्गदर्शनमा यथार्थ बजेट हुने गरी संशोधित प्रस्ताव पारित भएको छ । 

साथै लामो समयसम्म लेखापरीक्षण नहुने र उक्त प्रतिवेदन सभामा पेस नहुने परिपाटी तथा लामो समय बेरुजु फर्छ्योट नहुने प्रवृत्ति पनि निरुत्साहित भएको छ । कुलपति ओलीले आगामी दिनमा आवअगावै स्वीकृत नभएको बजेटपछि अनुमोदन नहुने स्पष्ट पारिसकेका छन् 

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले प्रधानमन्त्री एवं कुलपति ओलीले साउन १ गतेअगावै सबै विश्वविद्यालयहरूले अनिवार्यरुपमा पारित बजेट मात्रै कार्यान्वयनमा ल्याई थिति बसाल्न दिएको निर्देशन कार्यान्वयनमा आउनु अति सकारात्मक भएको बताए । उनले यसबाट सरकार र विश्वविद्यालयको सम्पर्क र सम्बन्ध पनि सुमधुर भई बजेट र कार्यक्रममा समन्वय विस्तार सहयोग पुगेका साथै लेखा परीक्षणमा पनि सहयोग मिल्ने प्रतिक्रिया दिए। कृषि तथा वन विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा।शारदा थपलियाले कुलपतिको यस प्रकारको सुरुपष्ट निर्देशनले आफूहरूलाई शैक्षिक क्यालेण्डर कार्यान्वयन र सुशासन कायममा ऊर्जा मिल्ने बताइन् । 

विगतमा आर्थिक वर्ष सुरु भइसकेपछि पनि वार्षिक बजेट र कार्यक्रम प्रस्तुत र पारित हुने, कतिपय विश्वविद्यालयका पदाधिकारीको रिक्तता र विवादका कारण सिनेट बैठक हुन नसक्दा विश्वविद्यालयहरूका आर्थिक थिति बस्न सकेको थिएन । यस वर्ष प्रधानमन्त्री एवं कुलपति ओलीले छ महिलाअगावैदेखि आगामी आवको बजेट यस आवभित्र पारित गर्न पटकपटक निर्देशन दिएका थिए । 

असारको दोस्रो साता प्रधानमन्त्री ओलीको संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्तासम्बन्धी चौथो सम्मेलनका लागि स्पेनको औपचारिक भ्रमण, स्वदेश फर्केपछि नियमित अन्य काम, राजनीतिक भेटघाट, रसुवागढीमा आकस्मिक बाढीको विपत्ति र गृह जिल्ला झापाका कार्यक्रमका व्यस्तताका बीच प्रधानमन्त्री ओलीले आफू कुलपति भएका विश्वविद्यालय र प्रतिष्ठानहरूको सिनेट राखेका हुन् ।