२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा हुन्’: प्रधान न्यायाधीश राउत

अ+ अ-

काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा भएको बताएका छन् ।

सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समितिद्वारा आज आयोजित नेपाल कानुन पत्रिका (पुरानो अंक) ‘प्रधानन्यायालय, २०१०’ विमोचन गर्दै उनले भने, “आधुनिक न्याय प्रणाली गर्विलो र समृद्ध बनाउन जरुरी छ, पुराना मुद्दाको फैसला खोजी गरी सङ्ग्रह गर्ने कामको सुरुवात भएको छ, यसले निरन्तरता पाउनुपर्छ ।”

उनले विगतमा न्यायिक चेतना स्तरका बारेमा अध्ययन गरी तयार गरेर राख्दा कानुनको अध्येता, विश्वविद्यालय र कानुनका विद्यार्थीका लागि उपयोगी भएको बताए । सर्वोच्च अदालतका न्यायाधीश तथा सम्पादन तथा प्रकाशन समितिका प्रमुख हरि प्रयास फुयाँलले कानुनी इतिहास नेपालको कानुनी इतिहासको मूल आधार भएको बताए ।

“भारतमा मुगल आउनुअघि नेपालको कानुनी इतिहासको जानकारी छैन, पुराना कानुनी मूल्यमान्यता जरुरी छ”, उनले भने, “नेपालको कानुनी इतिहासका दस्तावेजहरु सबै जर्गेना गर्न जरुरी छ ।” विसं २०११ र विसं २०१२/०१३ सम्मको प्रकाशन चैतसम्म सक्ने तयारी भइरहेको उनले जानकारी दिए ।

यसैबीच सर्वोच्च अदालतमा आठ वर्ष नाघेका मुद्दा टुंगीएको जानकारी दिइएको छ । आव २०८०/०८१ मा मुद्दाहरूको लगत ४१ हजार २३८ भएकामा १५ हजार ५५२ (३७.६४ प्रतिशत) फर्छ्यौट भएको थियो । यस आवमा कूल मुद्दाको लगत ४० हजार ७४० मध्ये १६ हजार ६०१ (४०.७५ प्रतिशत) फर्छ्यौट भई २४ हजार १३९ मुद्दा फर्छ्यौट हुन बाँकी छ ।