२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय सेवा ऐनमा स्वास्थ्यकर्मीलाई विभेद नगर्न माग

अ+ अ-

बैतडी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनमा स्वास्थ्यकर्मीलाई विभेद गरिएको जनाउँदै उनीहरूले आपत्ति जनाएका  हुन् । 

स्वास्थ्यकर्मीले प्रदेश सरकारले आफ्नो माग पूरा नगरेको जनाउँदै आकस्मिकबाहेकका सेवा ठप्प पार्ने निर्णयमा पुगेका संघर्ष समितिका संयोजक राजेन्द्रसिंह साउदले जानकारी दिए ।

स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी संघर्ष समितिले आफूहरूका न्यायोचित माग सम्बोधनका लागि प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको तर सरकारका तर्फबाट माग सम्बोधनका विषयमा कुनै चासो नदिएपछि आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूमा आजदेखि आकस्मिकबाहेकका सेवा बन्द छन् । स्थानीय तहमा समायोजन भएर आएका स्वास्थ्यकर्मीलाई ऐनले विभेद गरेकाले आफूहरू आन्दोलन उत्रन बाध्य भएको संयोजक साउदले बताए।

स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिम पद नाम कायम हुने गरी समायोजन ऐन, २०७५ बमोजिम स्थानीय तहमा समायोजन भएका स्वास्थ्यकर्मीलाई तह वृद्धि गर्नुपर्ने आफूहरूको माग रहेको संयोजक साउदले बताए। सुदूरपश्चिम सरकारले ल्याएको स्थानीय सेवा ऐनले सबैलाई समान किसिमको व्यवहार नगरेकाले आफूहरू आन्दोलनमा उत्रेको उनको भनाइ छ ।

स्वास्थ्यकर्मीहरूले कर्मचारी समायोजन ऐन, २०७५ ले व्यवस्था गरेअनुसार आफूहरूको दरबन्दी र सेवा सुविधा मिलाउनुपर्ने बताएका छन् । सुरुमा स्थानीय तहमा समायोजन गर्दा पनि स्वास्थ्यकर्मीमाथि विभेद गरिएको र अहिलेको ऐनले पनि विभेद गरेको उनीहरूको आरोप छ ।