१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति र उपराष्ट्रपति भइसकेकालाई पार्टी सदस्यताबाट सदाका लागि निवृत्त गर्नुपर्ने प्रस्ताव

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले पार्टीबाट राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचितलाई पार्टी सदस्यता र जिम्मेवारीबाट सधैँका लागि निवृत्त हुने गरी वैधानिक प्रबन्ध गर्नुपर्ने प्रस्ताव गरेको छ ।

केन्द्रीय सदस्य निर्मलकुमार भट्टराईले यस्तो प्रस्ताव गरेका हुन् ।

पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको ९औँ बैठकमा यस्तो प्रावधानका लागि विधान संशोधन प्रस्ताव गरिएको हो ।

राज्य सञ्चालनको लागि नभई नहुने केही शीर्ष नेतृत्व बाहेक पार्टीको टिकटमा निर्वाचित हुने जनप्रतिनिधिलाई निश्चित समयपछि ‘कुलिङ पिरियड’ को व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

यसले टिकटका लागि हुने खिचातानीको न्यूनीकरण हुनुको साथै न्याय स्थापित हुने विश्वास एमालेको छ ।

उमेर हद, कार्यकाल र अन्य विषयमा पार्टी सचिवालय र पोलिटब्युरोको प्रस्तावलाई नै समर्थन गरिने प्रस्ताव छ ।

जबजको वैचारिक, दार्शनिक र प्राज्ञिक उन्नयनका लागि मौजुदा मदन भण्डारी फाउन्डेसनको विज्ञ र बुद्धिजीवी सम्मिलित केन्द्रीय संरचना व्यवस्थित गर्ने प्रस्ताव छ ।

यसैगरी पार्टी कमिटी र जनवर्गीय संगठन जस्ता देखिने हालका अरू सबै संरचना खारेज गर्ने प्रस्ताव उल्लेख छ ।

पार्टीका नीति, निर्णयलाई आधारभूत तहमा प्रभावकारी ढंगले कार्यान्वयन गर्न मौजुदा जिल्ला कमिटीलाई समन्वय कमिटीमा रूपान्तरण गर्ने प्रस्ताव छ ।

यसैगरी ‘जुन एकाइमा निर्वाचन, त्यही‌ कार्यकारी र प्रभावकारी कमिटी’ को नीति लागू गरिनुपर्ने  सुझाव छ ।

निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई स्वतन्त्र रूपमा राजनीतिक, वैचारिक र विकास निर्माणका काम गर्ने गरी वैधानिक व्यवस्था गर्ने उल्लेख छ । हाल ती कमिटी जिल्ला कमिटीका ‘काखे कमिटी’ जस्ता भएका भन्दै तिनीहरूले स्वतन्त्र रूपले काम गर्ने वातावरण भए मात्र मिसन-८४ पूरा हुने विश्वास  एमालेको छ ।

निर्वाचन क्षेत्रीय कमिटीलाई मातहत कमिटीका कामकारबाहीको अनुगमन गरी सोझै केन्द्रमा वार्षिक रूपमा प्रतिवेदन बुझाउने वैधानिक दायित्व दिइनुपर्ने सुझाव छ ।