२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेशको पानी समस्याबारे मुख्यसचिवको चासो, गृह मन्त्रालयलाई समाधानका लागि निर्देशन

अ+ अ-

काठमाडौँ । वर्षा अभावका कारण मधेश प्रदेशमा देखिएको खानेपानी र सिँचाइ संकटबारे संघीय सरकार गम्भीर बनेको छ। सरकारका मुख्यसचिव एकनारायण अर्यालको सक्रिय नेतृत्वमा सचिवस्तरीय बैठकले मधेशका बारा, पर्सा र सप्तरी लगायतका जिल्लामा गम्भीर रूपमा परेको खडेरीको प्रत्यक्ष प्रभाव खानेपानी तथा सिँचाइ पूर्वाधारमा परेको निष्कर्ष निकाल्दै तत्काल, मध्यम र दीर्घकालीन समाधानका उपाय तय गर्ने प्रक्रिया अघि बढाएको छ।

२०७९ सालयता लगातार सुख्खा र मनसुन कमजोर भएपछि मधेश प्रदेशका अधिकांश जिल्लाहरूमा जमिन मुनीको पानी समेत सुक्दै गएको, सार्वजनिक धाराहरू सुक्न थालेको र सिँचाइका लागि पानी नपुग्दा धान रोप्न समेत गाह्रो भइरहेको अवस्था देखिएको छ।

यसै सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसालले गृह मन्त्रालयलाई पत्र लेख्दै प्रमुख जिल्ला अधिकारीमार्फत खानेपानी र सिँचाइ समस्या समाधानका लागि स्थानीय तहहरूसँग समन्वय गर्न भनेका छन् । पत्रमा भनिएको छ, “मधेश प्रदेशका विभिन्न स्थानमा खानेपानीको हाहाकार भई आम जनतामा सुख्खाजन्य विपद् उत्पन्न भएकोले स्थानीय स्तरबाट समन्वय र पहल गर्नका लागि प्रजिअलाई अनुरोध गरिएको छ।”

त्यसैगरी, समस्या स्थानीय तहको प्रयास मात्रबाट समाधान गर्न नसकिने अवस्थामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट आवश्यक निर्णय गरी ती निर्णयहरू गृह मन्त्रालयमार्फत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउन समेत निर्देशन दिइएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले मुख्यसचिव अर्यालको सक्रिय नेतृत्वमा सचिव बैठकले मधेश प्रदेशमा देखिएको संकटको गहन समीक्षा गरेको उल्लेख गरेका छन्।

सचिव पुष्करका अनुसार संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी निजी क्षेत्र तथा नागरिक समाजको साझेदारीमा तत्काल, मध्यम र दीर्घकालीन रणनीति तय गर्ने कार्य अगाडि बढाइएको छ। उनका अनुसार यी रणनीतिहरूले प्रभावित समुदायका लागि दिगो, समावेशी र सहनशील समाधान ल्याउने उद्देश्य राखिएको छ।

मुख्यसचिव अर्यालको नेतृत्वमा बसेको सचिवस्तरीय बैठक र गृह मन्त्रालयलाई दिएको निर्देशनपछि अब मधेशको पानी संकट समाधानका लागि सरकारी संयन्त्र सक्रिय भएको संकेत देखिएको छ। तर, समस्या दीर्घकालीन प्रकृतिको भएकोले तत्काल राहतसँगै दिगो समाधानका लागि सरकारको नीति, लगानी र समन्वयमा विशेष ध्यान आवश्यक देखिन्छ।

यसका साथै, खानेपानी मन्त्रालयसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र तिनका मातहतका निकायहरूलाई पनि समान रूपले जिम्मेवार र सक्रिय बनाउनु अत्यावश्यक छ। तराईमा हाहाकार मच्चिरहँदा सम्बन्धित निकायहरूको ‘मौनता’ र ‘बेवास्ता’प्रति सरकारले गम्भीरतापूर्वक ध्यान दिई आवश्यक कदम चाल्न जरुरी छ।