२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कुलिङ पिरियडमा छानबिनत तपाईँ माथि नै गर्नुपर्ने हो कि ? भन्दै ‘प्रचण्ड’लाई योगेशको प्रतिप्रश्न

अ+ अ-

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थालाई लिएर नेकपा (एमाले) का सांसद योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि प्रतिप्रश्न गरेका छन् ।

‘प्रचण्ड’ले कुलिङ पिरियडको व्यवस्थामा छेडखानी भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि छानबिन हुनुपर्ने बताएपछि भट्टराईले ‘प्रचण्ड’को अडानमाथि नै प्रश्न उठाएका हुन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा ‘प्रचण्ड’ले कुलिङ पिरियडको व्यवस्थामा प्रधानमन्त्री ओलीको संलग्नता रहेको आरोप लगाउँदै छानबिनको माग गरेका थिए ।

जवाफमा सांसद भट्टराईले सामाजिक सञ्जालमार्फत ‘प्रचण्ड’को उक्त मागलाई ‘आफ्नै बोली गलपासो’ भएको टिप्पणी गर्दै प्रश्न उठाएका छन् ।

भट्टराईले भने, ‘२०८० फागुन ११ गते तपाईँ स्वयं प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्को बैठकले यो विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको थियो, जसमा कुलिङ पिरियडको कुनै व्यवस्था थिएन। त्यतिबेला तपाईँ कुलिङ पिरियडको पक्षमा हुनुहुन्थेन। आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ पिरियडको भूत कसरी जाग्यो ?’

उनले थप प्रश्न गर्दै भने, ‘प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईँले कुलिङ पिरियड राख्ने निर्णयमा सहमति जनाउनुभएको थियो। तर, समितिको प्रतिवेदन संसदमा पेस गर्दा यो व्यवस्था किन तलमाथि भयो ? के यसमा तपाईँमाथि पनि नैतिक प्रश्न उठ्दैन रु. छानबिन त तपाईँमाथि नै गर्नुपर्ने हो कि ?’

भट्टराईले कुलिङ पिरियडको व्यवस्था राख्नुपर्ने पक्षमा आफूहरू कायम रहेको र यो विषयमा सांसदहरूले नै संशोधन प्रस्ताव राखेको स्मरण गराए। उनले ‘प्रचण्ड’को आरोपलाई ‘राजनीतिक स्वार्थले प्रेरित’ भन्दै तथ्यमा आधारित जवाफ दिन आग्रह गरेका छन्।