काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान भ्रमणमा जाने भएका छन्।
औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली साउन १८ गते तुर्कमेनिस्तान जान लागेका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको साउन १८ देखि २३ गतेसम्म हुने तुर्कमेनिस्तान भ्रमणलाई स्वीकृति प्रदान गरेको सहभागी एक मन्त्रीले बताएका छन्।







