२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलको दाबी : ‘एमाले लोकतन्त्रको मानक स्थापना गर्ने पार्टी हो’

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले एमालेलाई लोकतन्त्रको मानक स्थापना गर्ने पार्टीको रूपमा व्याख्या गरेका छन् ।

आइतबार कञ्चनपुरमा आयोजित जिल्ला कमिटीको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काउनु राष्ट्रको सम्मान र लोकतान्त्रिक मूल्यका लागि उचित नहुने स्पष्ट पारेका छन् ।

“राष्ट्रको अभिभावक, सेनाको परमाधिपति जस्ता पदमा पुगेको व्यक्ति सबैका साझा व्यक्ति हुन्छन् । त्यस्तो पद धारण गरिसकेको व्यक्तिले पुनः राजनीति गर्ने कुरा राम्रो सन्देश होइन,” महासचिव पोखरेलले भने । उनका अनुसार यो निर्णय केवल विद्यादेवी भण्डारीका लागि नभई भविष्यका लागि मार्ग निर्देशन स्वरूप गरिएको हो ।

महासचिव पोखरेलले माओवादी केन्द्रले पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्काएर गम्भीर भूल गरेको आरोप लगाउँदै त्यसलाई सच्याउनुपर्नेमा जोड दिए । उनले एमालेले विधि, अनुशासन र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदै अघि बढ्ने स्पष्ट गरे ।

त्यस्तै उनले दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्षको कार्यकाल दुई वर्षमा सीमित गर्ने विषयलाई प्रमुख एजेन्डाका रूपमा निर्णय गरेको बताए । भीम रावल पार्टीहित विपरीत कार्यमा संलग्न भएकाले पार्टीबाट बाहिरिनुपर्ने उनको भनाइ थियो ।

उनले एमालेलाई कमजोर बनाउन चौतर्फी घेराबन्दी भइरहेको दाबी गर्दै कार्यकर्तालाई एकताबद्ध भई ‘मिशन ८४’ सफल बनाउन आह्वान गरे । “एमाले विरुद्ध भइरहेको चुनौतीको सशक्त प्रतिवाद गर्दै एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने हाम्रो अभियान हो,” पोखरेलले भने ।

उनले काँग्रेस-एमाले नजिकिएपछि माओवादी अध्यक्ष प्रचण्ड छटपटिएको टिप्पणी गर्दै रास्वपाले निराशा र पपुलिज्मलाई आधार बनाएर राजनीति गरिरहेको बताए । “अराजकता र पपुलिज्म दीर्घकालीन हुँदैन,” पोखरेलको भनाइ छ ।