२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राज्य व्यवस्था समितिको सभापति निर्वाचनबारे परामर्शमा जुटे सभामुख घिमिरे 

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरे प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन प्रक्रियाबारे परामर्शमा जुटेका छन् ।

राज्य व्यवस्था समिति सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त पद रिक्त छ । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति खतिवडाले गत साउन २८ गते राजीनामा दिएका थिए ।

संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा छ । त्यसैले सभामुख घिमिरे परामर्शमा जुटेको उनको सचिवालयले जनाएको छ ।

गत शुक्रबार प्रतिनिधि सभाको बैठक लगत्तै सभामुख घिमिरेले नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग एक्ला एक्लै र संयुक्त छलफल गरेका थिए । सभामुख घिमिरेले गृहमन्त्री रमेश लेखकसँग समेत छलफल गरेका छन् । आज पनि सभामुख घिमिरे सरोकारवालासँग परामर्शमा छन् ।

प्रतिनिधि सभाको अर्को बैठक यही भदौ १३ गते बस्दै छ । सभा नरहेका बेला सभामुखले सूचना निकालेर समेत संसदीय समितिको सभापति निर्वाचनको तालिका सार्वजनिक गर्न सक्दछन् ।

प्रतिनिधि सभा नियमावलीको नियम १७६ मा सभामुखले तोकेको दिन संसदीय विषयगत समिति सभापतिको निर्वाचन हुने व्यवस्था छ ।

संसदीय विषयगत समितिको सभापतिको पद रिक्त हुन आए १५ दिनभित्र निर्वाचन गर्नुपर्ने प्रावधान नियमावलीको नियम १७७ को उपनियम ५ मा छ ।

यो बाध्यकारी व्यवस्थाको पालना गर्ने हो भने यही भदौ ११ गतेसम्म राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन भइसक्नुपर्छ ।