२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ताप्लेजुङमा वडाध्यक्षमाथि कुटपिट

अ+ अ-

काठमाडौँ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ का वडाध्यक्ष टेकेन्द्र सेन्देंगमाथि कुटपिट भएको छ । एमाले जिल्ला कमिटी सदस्यसमेत रहेको सेन्देंगमाथि जिल्ला कमिटीको बैठकबाट घर फर्कने क्रममा सदरमुकाम नजिकैको तक्मेडाँडामा हातपात गरिएको हो ।

७ जना जतिको समूहको आक्रमणबाट घाइते वडाध्यक्ष सेन्देंगलाई ताप्लेजुङ अस्पतालबाट रेफर गरेर थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । उनीसँगै मोटरसाइकलमा रहेका जिल्ला कमिटी सदस्य मनकुमार लिम्बू जिल्लामै उपचार गरेर घर फर्किएका छन् ।

घटनामा संलग्न आरोपमा प्रहरीले केहीलाई पक्राउ गरे पनि नाम खुलाइएको छैन । एमाले पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वोले घटनामा संलग्नहरूको किटानी उजुरी दिने तयारी भइरहेको बताए । उनले कुटपिटमा संलग्नहरूका पहिचान भइसकेकाले बताए ।

यसैबीच ताप्लेजुङका प्रतिनिधि सभा सदस्य समेत रहेका एमाले नेता योगेश भट्टराईले घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् । गृहमन्त्री रमेश लेखकलाई लिखित पत्र लेख्दै भट्टराईले सर्वसाधारणको शान्ति सुरक्षाको प्रबन्ध मिलाउन आग्रह गरेका छन् ।