२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनशक्ति थपेर भए पनि बजेट कार्यान्वयन गर्न पर्यटन मन्त्री पाण्डेको निर्देशन 

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले प्राविधिक जनशक्ति थप गरेरै भए पनि चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा पूर्णध्यान दिन मन्त्रालय र मातहत निकायलाई निर्देशन दिएका छन् ।

आइतबार मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति र आव २०८१र८२ को प्रगति समीक्षा बैठकमा मन्त्री पाण्डेले योजना अधुरै नछाड्ने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

‘प्राविधिक जनशक्ति थपेरै भए पनि बजेट कार्यान्वयनमा ध्यान दिनुपर्छ । भौतिक र वित्तीय प्रगतिमा असन्तुलन देखिँदा योजनाको यथार्थ विवरण आउन सकिरहेको छैन, त्यसैले कार्यान्वयन गर्न नसकिने योजना सुरुमै छाड्न सक्नुपर्छ,’ उनले भने ।

मन्त्री पाण्डेले मन्त्रालयले मिहिनेतपूर्वक तयार पारेका योजनालाई व्यवहारमा उतार्न तीनै तहबीच मजबुत समन्वय आवश्यक रहेको प्रष्ट पारे ।

उनले मातहत महाशाखालाई सेवाग्राहीका फाइल अल्झन नदिने र सक्रिय भएर काम गर्न निर्देशन दिए । प्रभावकारी काम नगर्ने कर्मचारीले मार्ग प्रशस्त गर्नुपर्ने समेत उनले बताए ।

समीक्षा क्रममा मन्त्री पाण्डेले नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम) र नेपाल माउन्टेन एकेडेमीको कामको स्वरूप भिन्न भएकाले ती संस्थालाई मर्ज गर्ने सम्भावना नरहेको पनि बताए ।

बैठकमा मन्त्रालय तथा सम्बन्धित निकायको बजेट र खर्च स्थिति, १६औँ योजना एवं वार्षिक कार्यसम्पादन सूचक, राष्ट्रिय गौरवका आयोजना, अन्य योजना प्रगति, गुनासो तथा बेरुजु, नीति तथा कार्यक्रम र बजेट वक्तव्य कार्यान्वयन अवस्था, प्रमुख उपलब्धि र विद्यमान समस्या सम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगका सचिव तथा सदस्य सहित उच्च पदाधिकारीहरूको उपस्थिति थियो । मन्त्रालयका सचिव हरि मैनालीले मातहत निकायका प्रमुखसँग कार्यसम्पादन सम्झौता गराए ।