२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘तीन तहको सरकारको समन्वयबाट समृद्धि समृद्धि सम्भव छ’ : स्वास्थ्य मन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तीन तहको सरकारको समन्वयबाट समृद्धि सम्भव रहेको बताएका छन्। 

तनहुँको भिमाद नगरपालिकामा आज आयोजित स्वागत एवं भेटघाट कार्यक्रममा उनले संघीय, प्रदेश र स्थानीय तहबाट समन्वय र सहकार्य आवश्यक रहेकामा जोड दिए। 

मुलुकको समृद्धिका लागि सहमति र सहकार्य आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले स्थानीय तह नजिकको सरकार भएकाले जनताले सहज र सरल तरिकाबाट सेवा प्राप्ति गर्नुपर्ने बताए । स्थानीय तहलाई बलियो बनाउँदै संघीयता सुदृढ गर्नु अहिलेको प्रमुख जिम्मेवारी रहेको मन्त्री पौडेलको भनाइ थियो । 

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य जितप्रकाश आलेले जनताको भावनाअनुसार तिनै तहको सरकारले काम गर्नुपर्नेमा जोड दिए । त्यस क्रममा नगरप्रमुख दधिराज सुवेदीले नगरपालिकाले गर्दै आएका कामका बारेमा मन्त्री पौडेललाई जानकारी गराए। 

मन्त्री पौडेलले आजै शुक्लागण्डकी नगरपालिका-८ ले आयोजना गरेको तीज गीत प्रतियोगिताको उद्घाटन गरे । त्यस्तै, भिमाद एफएमले आयोजना गरेको तीज गीत प्रतियोगिता र घिरिङ गाउँपालिका-१ बैडीमा पुष्पाञ्जली समाज सुधार मञ्चले आयोजना गरेको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता र तीज गीत प्रतियोगिताको मन्त्री पौडेलले उद्घाटन गरेका थिए।