२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघ, प्रदेश र स्थानीय तहको चुनाव एकै पटक गर्ने प्रस्ताव

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले संघ, प्रदेश र स्थानीय तहको चुनाव एकै पटक गर्ने प्रस्ताव गरेका छन् । यसका निम्ति बहस हुन आवश्यक रहेको उनको आग्रह छ ।

नेशनल लेजिस्लेटिभ एकेडेमीले बुधबार राजधानीमा संविधान कार्यान्वयनको समीक्षात्मक कार्यक्रम राखेको थियो । जहाँ विधायिकी अभ्यास, निर्वाचन प्रणाली, अन्तर सरकार सम्बन्ध र राजनीतिक दल सम्बन्धी कानुनी व्यवस्था, अभ्यास र व्यवहारजन्य प्रवृतिका विषयमा छलफल भएको थियो ।

छलफलमा सहभागी एमाले सचिव भट्टराईले संविधान संशोधनको विषयमा बहस भइराख्दा तीन वटै तहको चुनाव एकै पटक गर्ने विषयमा पनि बहस आवश्यक रहेको बताएका हुन् ।

‘तीन तहको निर्वाचन एकैपल्ट किन नगर्ने ?’ सचिव भट्टराईले भने, ‘खर्चको हिसाबले पनि यो (तीन तहको निर्वाचन एकै पटक गर्नु) एकदमै मितव्ययी हुन्छ । यसो गरे कमसेकम पनि राज्यको २५र३० अर्ब पैसा जोगिन्छ जस्तो लाग्छ ।’

यसमा राजनीतिक दलको खर्च र व्यक्तिको खर्च जोडिएको छैन । तीन तहको एकै पटक चुनाव गर्ने हो भने राज्यको सँगै राजनीतिक दल र व्यक्ति उम्मेदवारको खर्च समेत कम हुने उनको आग्रह छ ।

निर्वाचन गर्ने अहिलेकै संयन्त्र, कर्मचारीतन्त्र र सुरक्षा निकायले तीन वटै तहको चुनाव एकै पटक गर्न सक्ने उनको बुझाई छ । प्रदेश र संघको चुनाव एकै पटक गर्दै आएको अनुभव समेत रहेको उल्लेख गर्दै उनले अब संघ, प्रदेश र स्थानीय तहको समेत एकै पटक गर्न सकिने बताएका हुन् ।

उनी भन्छन्, ‘संघ र प्रदेशको चुनाव एकै दिन गरिसकेका छौँ । यसमा स्थानीय तहको चुनाव पनि थप्ने हो भने अहिलेको कर्मचारीको क्षमताले, सुरक्षा निकायको क्षमताले, निर्वाचन आयोगको क्षमताले सक्छ । सकेन भने केही थप्नुपर्ला, दुई/चार प्रतिशत थप्नुपर्ला त्यो बेग्लै कुरा हो ।’ अब यसतर्फ सोच्नुपर्ने उनको आग्रह छ ।

निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त दिनेश थपलिया पनि तीन तहको चुनाव एकै पटक गर्न सकिने बताउँछन् । यसका निम्ति सरकारले निर्णय लिनुपर्ने उनको भनाई छ । तर, तीन तहको चुनाव एकै पटक गर्ने हो भने प्रत्यक्षतर्फ जुन दलको उम्मेदवारले जति मत पाएको हो त्यो मत समानुपातिक मतमा गणना हुने गरी जान सकिने उनको आग्रह छ ।

हाल निर्वाचनमा उम्मेदवारले प्रत्यक्षतर्फ प्राप्त मत जित र हारका निम्ति गणना हुन्छ । दलका लागि समानुपातिकतर्फ छुट्टै मतदान हुन्छ । संयुक्त निर्वाचन प्रणाली अन्तर्गत यस्तो अभ्यास हुँदै आएको छ ।

संयुक्त निर्वाचन प्रणालीलाई अगाडि बढाउँदा समेत दलको उम्मेदवारले प्राप्त गरेको मत दलको समानुपातिक तर्फ गणना गर्ने हो भने तीन तहको निर्वाचन एकै पटक गर्दा समेत व्यवस्थापनमा सहज हुने उनको आग्रह छ ।