२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज संसदमा प्रधानमन्त्रीको सम्बोधनलाई रास्वपा-राप्रपाले बहिष्कार गर्ने

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ बजेको संसद बैठकमा सम्बोधन गर्दै छन् । चीन भ्रमणमा जानुपूर्व उनले प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्ने भएका हुन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार प्रस्थान गर्ने कार्यक्रम छ । साङघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् । चीनपछि भारत भ्रमणमा जाने तालिका रहेको छ ।

आजको सम्बोधन प्रधानमन्त्रीले आसन्न चीन र भारत भ्रमणबारे जानकारी गराउने छन् । पछिल्लो समय उब्जिएको लिपुलेक(कालापानी विवादबारे पनि सरकारको धारणा राख्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीको सम्बोधनलाई दुई प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने बहिष्कार गर्ने भएका छन् । भिजिट भिसाको दुरुपयोगसम्बन्धी प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै दुई दलले लामो समयदेखि गरिरहेको संसद बहिष्कारलाई आज पनि निरन्तरता दिने भएका हुन् ।

आज रास्वपाले प्रधानमन्त्रीलाई बोल्न दिने भनेर केही सञ्चारमाध्यममा आएका समाचारलाई प्रवक्ता मनिष झाले इन्कार गरेका छन् ।

रास्वपाको तर्फबाट गणेश पराजुलीले बोलेर सबै सांसदहरू बाहिरिने तयारी गरिएको छ । यस्तै राप्रपाले पनि संसद बहिष्कार गर्ने सो पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले जानकारी दिए ।